प्रमुख समाचार

BREAKING : बैदेशिक रोजगारमा जानेलाई खोप दिइने !

अमेरिकाबाट नेपालले सोमवार प्राप्त गर्ने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ।

सरकारको कोभिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदारहरूलाई पनि दिन प्रस्ताव गरिएको बताए।

यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै साता अन्तिम निर्णय लिने ठानिएको छ।मन्त्रालयका सह(प्रवक्ता डा.समिरकुमार अधिकारी भन्छन्, खोपहरू हाम्रो भण्डारणमा नआईकन हामीले तिनको वितरणबारे निर्णय गर्ने गरेका छैनौँ ।

सो खोप ५० वर्षमाथिको उमेर समूहलाई दिन आफूहरूले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको डा. उप्रेतीले बताए। उनले भने, अब सोच्नुपर्ने समूह भनेको ५० देखि ५५ वर्षको उमेर समूह भनेर हामीले सुझाव दिएका छौँ। त्यसपछि सकिन्छ भने शिक्षकहरूलाई हेर्नुपर्छ।

बच्चाहरूमा सङ्क्रमण भए पनि उनीहरू सिकिस्त भई हाल्दैनन् तर उनीहरूले सार्न सक्छन्। त्यही भएर शिक्षकहरूलाई सुरक्षित पार्नुपर्छ।उनले ५५ वर्षभन्दा माथिको र विगतको उमेर समूहको प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेका सबैलाई चीनबाट ल्याइएको भेरोसेल खोप दिने निर्णय भएको बताए।

त्यसो गर्दा लगभग १९ लाख जनसङ्ख्यालाई खोप दिनुपर्ने अवस्था रहेको र त्यो चीनबाट हाल खरिद गरिएको ४० लाख खोपको मात्राले पर्याप्त हुने डा. उप्रेतीको भनाइ छ। त्यसबाहेक वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई पनि उच्च प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेबारे प्रस्ताव गरिएको उनले बताए।डा. उप्रेती भन्छन्, रोजगारीबाट फर्किएका कति व्यक्तिहरू खोप लगाउन नपाएर जानै पाएका छैनन्।

उनीहरूलाई हामीले चिनियाँ खोप भेरोसेल नै दिन खोजेका छौँ किनभने कतिपय अरब देशमा अरू खोपलाई मान्यता छैन।उनले वैदेशिक रोजगारीमा गएर मुलुकलाई विप्रेषण पठाइरहेका श्रमिकहरूलाई पनि खोप अभियानमा उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव आफूहरूले सरकारलाई दिएको विज्ञहरुले बताएका छन्।शक्तिमा रहेका व्यक्तिमात्रै नभई दूर दराजमा रहेको पछि परेको जनसङ्ख्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेर खोप दिइनुपर्ने जोड छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close