खेलकुद

कोपा अमेरिका : कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा टाइब्रेकरमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close