खेलकुद

युरोकप : टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली फाइनलमा

काठमाडाैं- टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ।

इंग्ल्यान्डकाे वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो।

जहाँ स्पेनलाई ४-३ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ।

टाइब्रेकरमा इटालीका लागि पहिलो प्रहार गर्न आएका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाएका थिए।

पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड, थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो, अल्भारो मोराटाले गोल गर्न सकेनन्।

इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्जिन्होले गोल गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close