राजनीति

एमालेको कार्यदल बैठक सिंहदरबारमा बसिरहेको बेला कोटेश्वरमा माधव नेपाल र प्रचण्डको गोप्य भेट

काठमाडौं । नेकपा एमालेको एकता गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कोटेश्वरमा भेटवार्ता भएको छ ।

सिंहदरबारमा बैठक जारी रहँदा नेपाललाई भेट्न उनकै निवासमा पुगेका अध्यक्ष प्रचण्डको २ बजेदेखि कुराकानी भइरहेको बताइएको छ ।

मंगलबार जनकपुरबाट काठमाडौं आएका अध्यक्ष प्रचण्ड सीधै कोटेश्वर गएको बताइएको छ । एमाले दुई समूहमा बाँडिएर विवाद उत्पन्न पश्चात् समाधानका लागि अघि बढिरहेका बेला अध्यक्ष प्रचण्डले नेपाललाई भेट्न अर्थमपूर्ण मानिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close