रोचक

आज मंगलबार चम्किदैछ यी ७ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

आज मिति २०७८ साल असार २२ गते मंगलबार, ईश्वी सन् २०२१ जुलाई ०६ तारिख, नेपाल संवत् ११४१ । आषाढ कृष्णपक्ष,द्वादशी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष

बिभिन्न अवसर आएपनि समयको गतीसँग अगाडी बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारी बिना नै दिईने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला ।

पढाइ लेखाइमा कमजोर भएको महशुष हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा बिशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृष

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मिथुन

अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

सिंह

पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिका बढोत्तरीको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ ।

प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या

परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ ।

यो पनि पढ्नुहोस
जिपी फाउण्डेशन विचार तथा अनुसन्धान विभागको निर्देशकमा पत्रकार नेपाल…

बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ

बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ ।

तुला

सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् ।

व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मानव निर्मित भौतिक सम्पती तथा विलाशी सामान प्राप्त हुने योग रहेकोछ ।

पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहने हरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेकोछ ।

धनु

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ ।

सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर

बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अली बढी नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन ।

बौदिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कुम्भ

समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ ।

आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

मीन

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।

पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close