समाचार

सुजिताले अन्तिम पटक दिदिलाई फोन गरेर भनेकी थिइन-‘मलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेका छन……’ त्यसपछि..

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी ९ दिनअघि घरबाट निस्किएकी थिइन् । दिदी कविताका अनुसार अघिल्लो दिन साँझ उनले सब्जी लिन साथीको घर जाने सुनाएकी थिइन् । बिहान कविता उठ्दा बहिनी घरमा थिइनन् । उनले सोचिन्, ‘सुजिता सब्जी लिन गइछे ।’

तर १० बजिसक्दा पनि सुजिता फर्किनन् । ‘खाना पाकेपछि कतिबेला आउने भनेर सोध्नलाई मैले पटकपटक फोन गरें,’ कविता भन्छिन्, ‘रिङ गयो तर उठेन ।’ खेतमा गएका बुबाआमा फर्किएपछि उनीहरुले पनि सुजिताको सोधीखोजी गरे । कविताले साथीकहाँ गएको भनेपछि फर्किलिन् भन्ने सोचे ।

‘बिहान ५ बजे खेतमा जान उठेका बेला हेर्दा छोरी सुतिरहेकी थिइन्,’ सुजिताका बुबा भन्छन्, ‘बहिनी ६ बजे उठ्दा चाहिं उनी थिइनन् ।’ यही बयानको आधारमा प्रहरीले सुजिता साढे ५ देखि सवा ६ बजेको अवधिमा घरबाट निस्किएको हुनसक्ने अनुमान गरेको छ ।

दिउँसो १२ बजेतिर कविताले मोबाइल हेर्दा बहिनीको ‘मिस कल’ आएको थियो । उनले फोन फर्काइन्, सुजिताले हतास मनस्थितिमा उठाइन् । ‘मलाई आँखामा पट्टी बाँधेर गाडीमा हालेर राखेका छन् । म अ’पह’र’णमा परें ।’

बहिनीको कुरा सुन्ने बित्तिकै अतालिएकी उनले के गर्ने कसो गर्ने भेउ पाउन सकिनन् । बहिनीले फेरि थपिन्, ‘सिमरा चोकमा एउटा ट्याक्सी आयो, सौराहा जाने बाटो कता हो भनेर सोध्यो । थाहा छैन भनेपछि आँखामा के लगाइदिएर गाडीमा हाले ।’

‘कता लैजाँदैछन् ?’ दिदीले एसएमएस गरिन् । कविताको एनटीसी नम्बरमा १२ः४४ र १२ः४२ मा एसएमएसको जवाफ आएको छ, ‘पूर्वतिर ।’ त्यसपछि सम्पर्क टुट्यो । उनले बुबाआमालाई खबर गरिन्, प्रहरीलाई पनि सुजिता अ’प’हर’णमा परेको भनियो ।

कविताले भनेअनुसार सौराहा चोक जाने बाटो थाहा छैन भनेपछि बहिनीलाई ‘तलाईं थाहा नभए कसलाई हुन्छ’ भन्दै गाडीमा हालिएको थियो । यति सुनाइनसक्दै फोन काटियो । उनले फेरि सम्पर्क गर्ने प्रयास गरिन् । तर ‘अनरिचेबल’ आयो।

प्राविधिक पाटोको विश्लेषण गरिरहेको प्रहरीले सुजिताले दिदीलाई दिएको जानकारीको एउटा विषय अमिल्दो पायो । उनले एसएमएसमा ‘पूर्वतिर’ लगेको भनेकी थिइन् । तर बीटीएस टावरको विश्लेषणले उनको मोबाइलमा चितवनकै कुमरोजको टावर टिपिरहेको भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी ओमप्रसाद अधिकारीका अनुसार सुजिता अ’पह’रणमा परेको खबर दिउँसो १२ बजेपछि इलाका प्रहरी कार्यालय, भण्डारामा आएको थियो । लगत्तै प्राविधिक विश्लेषण थालेको प्रहरीले उनी हराएको भनिएको क्षेत्रमा सोधपुछ र निगरानीलाई पनि एकसाथ अघि बढायो ।

कवितालाई फोनमा दुई जना महिला र एक जना पुरुषले ट्याक्सीमा हालेर अ’पह’रण गरेको भनिएको थियो । तर हराएको क्षेत्र आसपासमा बस्ने व्यक्तिहरुले कुनै पनि शंकास्पद गतिविधि नदेखेको प्रहरीलाई बयान दिए । त्यसक्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामरा पनि थिएन ।

अ’पहर’णमा परेको भए फिरौतीका लागि फोन आउनसक्थ्यो । परिवारलाई त्यसबारे जानकारी गराएर प्रहरी अप’हरण’कारीको फोन कुरिरहेको थियो । तर कुनै शंकास्पद फोन आएन ।

प्राविधिक पाटोको विश्लेषण गरिरहेको प्रहरीले सुजिताले दिदीलाई दिएको जानकारीको एउटा विषय अमिल्दो पायो । उनले एसएमएसमा ‘पूर्वतिर’ लगेको भनेकी थिइन् । तर बीटीएस टावरको विश्लेषणले उनको मोबाइलमा चितवनकै कुमरोजको टावर टिपिरहेको भेटिएको थियो ।

सुजिताको मोबाइलमा अत्याधिक इन्टरनेटको ‘डाटा’ चलाएको पाइएको थियो । उनको कल डिटेल रेकर्ड (सीडीआर), म्यासेज र फेसबुकको विश्लेषणबाट प्रहरीले महीना दिन अघिसम्म एक युवकसँग सुजिताको निरन्तर सम्पर्क भइरहेको भेट्यो । तर पछिल्लो समय उनीसँग कुनै कनेक्सन पुष्टि भएको थिएन ।

अधिकांश अ’पह’रणका पछाडि मुख्य कारण फिरौती असुली हुने गर्छन् । सुजिता प्रकरणमा ‘अ’पहरण’कारी’ले कुनै माग राखेका थिएनन् । न त परिवारलाई सम्पर्क गर्ने कोशिश नै गरेका छन् ।

कतिपय अपहरणका घटना व्यक्तिगत रिसिइबीका कारण ह’त्या गर्ने उद्देश्यले भएका हुन्छन् । प्रहरीले यो ‘मोटिभ’तर्फ पनि अनुसन्धान नगरेको होइन । ‘परिवार एकदमै निम्न वर्गीय हो, पैसा दिन सक्ने अवस्था छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘फेरि परिवारको कसैसँग रिसिइबी रहेको पनि देखिएको छैन ।’

विषले गरेको संकेत

प्रहरीले उनी हराएको ९औं दिनसम्म पनि सुजिता अपहरित भएको पुष्टि गर्ने अन्य आधार भेटेको थिएन । त्यसैले उनी कोही युवकसँग गएको हो कि भन्ने आशंका पनि गरिएको थियो । त्यही आशंकामा प्रहरीले स्नातक चौथो वर्षमा अध्ययरत सुजिताका साथीहरुसँग पनि सोधपुछ अघि बढाइरहेको थियो ।

प्रहरीमाथि दबाब बढ्दै गएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि चितवन खटायो । तर अनुसन्धानमा उपलब्धी हात नलागिरहेका बेला आइतबार दिउँसो २ बजे राप्ती नगरपालिका–३ को ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा एक युवतीको शव भेटियो ।

च्याउ खोज्न गएका स्थानीयले वनको बीचको झ्याङमा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार शव भेटिएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो, शव अ’पह’रणमा परेकी भनिएकी सुजिताको हुनसक्ने आशंका गरियो ।

घरबाट करिब ३ किलोमिटरको दूरीमा रहेको जंगलमा शव भेटिएकाले पनि प्रहरीले शव सुजिताको हुनसक्ने आशंका गरेको थियो । नभन्दै साँझ परिवारका सदस्यले वनमा भेटिएको शव सुजिताकै भनेर सनाखत गरेको एसपी अधिकारी बताउँछन् ।

राति ढिला भइसकेकाले प्रहरीले घटनास्थल शिल गर्‍यो । बिहान घटनास्थल ‘सर्च’ गर्दा धानमा हाल्ने विषादीको बट्टासमेत बरामद भयो । घटनास्थलमा ‘स्प्राइट’को बोतल पनि भेटिएको छ, त्यहाँ हालेर विषसेवन गरेको हुनसक्ने प्रहरी आशंका छ । शवमा अन्य बाहिरी चोटपटक नदेखिएको प्रहरी बताउँछ ।

अनुसन्धान अधिकृतहरुका अनुसार झट्ट हेर्दा विष सेवनका कारण सुजिताको मृत्यु भएको हो कि भन्ने देखिएको छ । तर यसको निर्क्यौल पोष्टमार्टम रिपोर्टले मात्रै गर्नेछ । पोष्टमार्टम भरतपुर अस्पतालमा गर्ने कि काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

एक अनुसन्धान अधिकृतका अनुसार उनले बोक्ने झोलासमेत घटनास्थल छेउमै भेटिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फेला परेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘मोबाइल खोलामा फालेको हो वा कहाँ गयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयका अनुसार जंगलको बीचमा गाडी जाने ठाउँ छैन । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घटनास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आशंका छ ।

यदि आ’त्मह’त्या नै गरेको मान्ने हो भने कारण के हुनसक्छ ?

अनुसन्धान अधिकृतहरु यसपछाडि प्रेम सम्बन्धको विषय हुनसक्ने अनुमान गर्छन् । तर प्रहरीले यी सबै आशंकालाई प्रमाणले पुष्टि गर्नुपर्नेछ र आ’त्मह’त्या देखिए दुरुत्साहनको मुद्दा चल्न सक्नेछ । अनलाइनखबरबाट साभार गरिएकाे

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close