प्रमुख समाचार

पहिरोले फेरि थुनियो नारायणगढ–मुग्लिन सडक,वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीकोअनुरोध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएराति देखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए ।

पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close