प्रमुख समाचार

पाल्पामा जबर्जस्ती करणीका आरोपमा एक युवक पक्राउ

पाल्पा । पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

रोल्पा, लुङ्ग्री–७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादक पदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको हो: रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलि बोलाइएको नेकपा एमालेको बैठकलाई गुटगत भएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेशकुकमा भोलि बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताउनु भएको छ ।

उक्त बैठकले आफूहरुले उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताउनु भएको छ ।

भ्रममा नपरौ ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन ।

आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ। हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close