राजनीति

ओलिले थापे नया पासो! पुर्वसेनापती कटुवाललाई गृहमन्त्रीको अफर!कटुवालको पहिलो निसानामा प्रचण्ड र माधब। पूरा हेर्नुहोस।।

एकातिर राष्ट्रपतिले मध्यवर्ती चुनाव घोषणा गरेपछी राजनिती नयाँ मोडमा धकेलिएको छ भने अर्को तर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ ।

उसो त पुर्वसेनापती कटुवाल प्रकरणका कारण प्रधानमन्त्रीको पहिलो कार्यकाल सकिएका प्रचण्डको अबको राजनिती यात्रा पनि धेरैले चासो दिएर नियालिरहेका छन।

सोही प्रकरणमा मुछिएका प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दुस्साहस समेत गरेका थिए । पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको स्वाद चाखेर २०६६ जेठ ११ गते प्रचण्डले प्रधानमन्त्रीबाट बाहिरिनु परेको थियो ।

तत्कालिन सेनापती कटुवाललाई आफ्नो कार्यकाल थप्ने तीव्र इक्षा तत्कालीन प्रधानमन्त्री माधब नेपालले पतन गराएका थिए त्यसैले उनको अर्को निशानामा माधव पनि परेका छन ।

कटुवाललाई गृहमन्त्री बनाएर प्रचण्ड विरोधी र राजाबादीको मन जित्न सकिने ओलीको अर्को दाउ पनि रहेको धेरै को बुझाइ छ ।
कटुवाल एउटा गणतन्त्र विरोधी वक्ति भएको आरोप लाग्ने गरेको छ । अमेरीकाको भर्जिनियामा भएको एक कार्यक्रममा कटुवालले संघियताका कारण देश टुक्रिने प्रतिक्रिया दिएका थिए । गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको नेपाली सेनाका पुर्व प्रधान सेनापती तुलबहादुर खड्का बताउँछन ।

यो पनि पढ्नुहोस……..
प्रधानमन्त्री ओलिको कदम ‘हिन्दुराज्य’ नेपाल! राजसंस्थाको पुनर्जन्म र ‘सैन्य कू’! हेर्नुहोस यस्तो छ योजना ।। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेलगत्तै नेपालको राजनितिमा नया तरंग पैदा भएको छ ।

यथास्थितिमा चुनावको लागि केही बाधा देखापर्ने संकेत आएमा प्रधानमन्त्री र राष्ट्रपतिले बिशेष अधिकार प्रयोग गरि ‘सैन्य कु’ गरेरै भएपनी चुनाव गराउने योजना रहेको केही गोप्य सुचना आएको छ।

सैन्य कु बाटै भएपनी फेरि पनि ओलि जननिर्वाचित प्रधानमन्त्री बन्ने र सम्भव नदेखिए राजसस्था फर्काउने तयारी ओलिको हुन सक्ने धेरैको अनुमान छ । राजसस्था पक्षधरहरु यतिबेला ओलिको संसद बिगठनको कदमलाई खुलेरै समर्थन गरेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close