समाचार

भोलीबाट जोरबिजोर प्रणालीमा सार्बजनिक बस संचालन, धेरै खुकुलो गर्दै एक साता निषेधाज्ञा थप

काठमाडौं । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो पार्दै निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ । भोली मंगलबार १५ गतेबाट काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै सार्बजनिक यात्रुवाहक बस पनि संचालन गर्न दिने निर्णय भएको हो । स्वास्थ्य मापदण्ड अपनाएर कम्तिमा २५ सिटभन्दा माथिका बसहरु जोर बिजोर प्रणालीमा ञ्चालन गर्न दिने निर्णय भएको हो । उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन्। वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन्।

त्यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल भोलीबाट बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ । बैठकको सम्पूर्ण विवरण भने आउन बाकी नै छ ।

यो पनि – निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट एक लाख जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

यो पनि – केही युट्युबका कारण नागरिकलाई थप पीडा

केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उहाँले खाली समयमा सामाजिक सञ्जाल हेर्नुभयो । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उहाँले बताउनुभयो ।

चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुनुहुन्छ । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उहाँको अनुभव छ ।

उहाँको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०÷६० वटासम्म यस्ता घटना आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।” सामाजिक सञ्जालले नै कहिले आ.त्मह.त्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र ह.त्या गरेको प्रनाउ चुडालको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र ह.त्या भइरहेको छ । उहाँले भन्नुभयो, “यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।”

युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दु.रुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताउनुभयो । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक÷दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन् ।

केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दु.व्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।”

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताउनुभयो । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।”

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताउनुभयो । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताउनुभयो । चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पु¥याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउनुहुन्छ । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र ह.त्या भइरहेको उहाँले औँल्याउनुभयो ।

नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताउनुभयो । आमनागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।”

सञ्चारिका समूह र नेपाल टेलिकमले आज आयोजना गरेको ‘युट्युबमा प्रशारित विषयवस्तु र लैङ्गिकताको सवाल’ विषयको भर्चुयल छलफल कार्यक्रममा सरोकार राख्ने निकायका प्रतिनिधिहरुले युट्युबलगायतका समाजिक सञ्जालको नियमनमा जोड दिएका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालकी पूर्वसदस्य सङ्गीता खड्का र पत्रकार बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close