राशिफल

यस्तो छ तपाईको आइतबारको भाग्य, असार १३ गतेको राशिफल हेर्नुहोस्

मेषः व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको ब न्ध न क सि लो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।

बृषः बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफुतिर नै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुको लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दी आउँने समय रहेकोछ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यालयबाट न्याय पाउन कठिन रहेकोछ ।

मिथुनः बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कटः बिहानको समय राम्रो रहेकोले कृषि, पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागी समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेकोछ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

सिंहः बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितीमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला, बल गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरु सँग मनमुटाव बढ्ने तथा छिमेकीहरुसँग विवाद हुने योग रहेकोछ ।

कन्याः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ ।

तुलाः समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

बृश्चिकः बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

धनुः कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

मकरः बिहानको समय राम्रो रहेकोले छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ ।

कुम्भः समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीनः बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गो प्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धो का तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close