मनोरंजन
रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्ने तयारीमा

फिल्म ‘डियर कमरेड’ बाट रुचाइएका जोडी अभिनेत्री रश्मिका मन्दन र अभिनेता विजय देवेराकोन्डाले विवाह गर्ने भएका छन् l भारतिय संचार मा सम्प्रेषण भएका समाचार अनुसार यी दुईको बिहे यही वर्ष हुने उल्लेख गरेको छ ।
हालसम्म विजय र रश्मिका कसैले पनि आफूहरूको सम्बन्धबारे बोलेका छैनन्। तर हालै इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रश्मिकाले बिहेबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्। रश्मिकाले अन्तर्वार्तामा ‘खै, बिहेका बारेमा के भन्ने हो भन्ने मलाई थाहा छैन। म यसका लागि अझै सानै छु। यसबारे मैले केही सोचेकी छैन।
२५ वर्षीया रश्मिकाले भनेकी थिइन्, ‘तर मलाई लाग्छ, बिहे त्यस्तो मान्छेसँग गर्नुपर्छ जसले आफूलाई सहज बनाउँछ।’ भनेर आफ्नो अभिव्यक्ति दिएकी छिन् । ‘डियर कमरेड’ को अलावा यी दुईले ‘गीता गोविन्दम’ मा पनि स्क्रिन सेयर गरेका थिए l