आर्थिक

कुखुराको मासु मनपर्छ ? पुनः ह्वातै घट्यो कुखुराको मासुको मुल्य

बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घ’टेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ ।

को’रोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको नि’षेधाज्ञासँगै बजारमा मासुको खपत घ’ट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए ।

को’रोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । को-भि’डका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घ’ट्दै गएको हो ।संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ ।

को’रोना संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा नि’षेधाज्ञा भएको थियो । उपत्यकामा सञ्चालित ठूला होटलदेखि रेस्टुराँ बन्द भएसँगै खपतमा पनि ठूलो गिरावट आएको छ । मासु पसल बिहान १० बजेसम्म मात्र खुला हुने भएकाले पनि खपत घ’ट्दै गएको व्यवसायीको भनाइ छ ।

संघले गत महिनामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तो’केको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्या’रेन्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाइरहेको छ ।संघका अनुसार बजारमा उत्पादन बढी र सोहीअनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घ’टाउनु परेको हो ।

गत वर्षको कहरसँगै नेपालमा कुखुराको चल्लाको प्या’रेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक अ’कासिएको व्यवसायीहरूले बताउँदै आएका थिए । त्यही आधारमा उनीहरूले मासुको मूल्य पनि बढाएका थिए । कोभिडका कारण अघिल्लो वर्ष आधाले मासुको मूल्य घटेको थियो ।यसैबीच, को-भि’डका कारण खसीको मासुको खपत पनि ह्वात्तै घटेकाले मूल्यसमेत घटेको छ ।

को-भि’डअघि प्रतिकेजी १४ सय रुपैयाँ रहेको खसीबोकाको मासु अहिले घटेर १३ सय रुपैयाँमा झरेको छ । बजारमै खपत घटेकाले मूल्य पनि घ’टेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ७ देखि ८ सय संख्यामा खसीबोका खपत हुने गरेकोमा अहिले ह्वात्तै घ’टेको व्यवसायी दिपक थापाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close