समाचार

हिजो एकै दिन १२ जनालाई घाइते बनाउने कुकुरलाई नियन्त्रणमा लिने क्रममा कुकुरको मृत्यु

धनकुटा,१९ पुष । धनकुटामा आज एकै दिन १२ जनालाई घा’इते बनाउने कुकुरलाई नियन्त्रणमा लिने क्रममा कुकुरको मृ त्यू भएको छ । विहान धनकुटा नगरपालिका २ भिरगाउँ तर्फबाट आएको कुकुरले धनकुटा नगरपालिकाको विभिन्न स्थानमा मानिस लाई टो’की घा’इते बनाएको थियो ।

धनकुटा नगरप्रहरी , नेपाल प्रहरी र भेटेनरी अस्पतालका कर्मचारीहरुले कुकुर नियन्त्रणमा लिने क्रममा कुकुरको मृ’त्यू भएको धनकुटा नगरपालिका एक कर्मचारीले जानकारी दिए । कुकुरको टो’काईबाट १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटामा सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।

अस्पतालको सम्पर्कमा आएका मध्ये ग’म्भीर घा’इते ६ बर्षिय बा’लक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ । १० जना घा’इते धनकुटा अस्पतालमा उपचार पछि घर फर्केका छन् । अन्यलाई पनि कुकुरले टो’केको हुन सक्ने जनाईएको छ ।

त्यस्तै, सात लाख तिरेर बिरामी उद्धार
केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो ।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौँ, रु सात लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर उपचारका काठमाडौँ लगिएको छ । गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो ।”

काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो । पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहनुका साथै गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टर मगाइएको हो । आइतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो । पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ ।

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन् । हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ । यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ । बिरामी आफँैले हेलिकोप्टर रिजर्भ गर्दा रु सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close