समाचार
मेस्सी जस्तै देखिने उनीमाथि २३ जना महिलासँग ढाँटेर यौ’न सम्बन्ध गाँसेको आरोप!

इरानका २८ वर्षका रेजा पारास्तेस ठ्याक्कै फुटबल स्टार लियोनल मेस्सी जस्ता देखिन्छन्।
मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने।
सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भए, कारण उनी मेस्सी जस्तै छन्।
दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन्।
उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दाह्री मेस्सीकै जस्तो काट्न लगाएका थिए।
त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चुलिएको हो। तर सन् २०१९ मा उनीमाथि गम्भीर आरोप लगाइयो।
उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँटेर यौन सम्बन्ध गाँसेको समाचारहरु आए। तर इरानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झुठो भएको पत्ता लाग्यो।
रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई नढाटेको स्पष्टीकरण दिएका थिए। मार्का