समाचार

जब नयाँ बर्षमा होटल पुगेका युगल जोडीका बाबु आमा पछि-पछि पुगेर रंगेहात समाते

काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सुरू भएको छ ।

या बीचमा भारतमा एक रोचक घटना घटेको छ । भारत, उत्तर प्रदेश, मुरादाबादको पाकबारा क्षेत्र अन्तर्गत एउटा गाउँमा रहेको होटलमा प्रेमी जोडीलाई युवतीका परिवारका सदस्यहरूले आपत्तिजनक अवस्थामा समातेका हुन् ।

आक्रोशित युवतीको परिवारले होटलमा युवकलाई सजाय समेत दिएका छन् । गाउँमा सञ्चालित होटल सञ्चालकलाई कारबाही गर्न माग गर्दै आफन्तसहित गाउँलेले नाराबाजी गरेका छन् ।

उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेर दुवै परिवारलाई नियन्त्रणमा लिएर प्रहरी चौकी ल्याएको थियो । युवतीका परिवारले प्रहरीमा उजुरी दिएका छैनन् ।

बिहीबार दिउँसो सो क्षेत्रको एउटा गाउँमा मायालु जोडी होटलमा कोठा बुक गरेर बसेका थिए । सो कुरा थाहा पाएपछि युवतीको परिवार पछ्याउदैं होटल पुगेको थियो ।

युवतीका परिवारले युवक र युवतीलाई होटलको कोठाबाट आपत्तिजनक अवस्थामा समातेका हुन् ।

युवतीका परिवारले होटलमा युवकलाई हाते कारबाही गरेका छन् । त्यसपछि युवकले आफ्नो परिवारका सदस्यलाई पनि बोलाए । त्यसपछि दुवैको परिवारबीच झगडा भएको थियो ।

होटलमा हंगामा देखेपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ठूलो भीड जम्मा भयो । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर युवक र युवतीका परिवारलाई शान्त गराएको थियो ।

प्रहरीले दुवैका परिवारलाई नियन्त्रणमा लिएर प्रहरी चौकी ल्याएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी चौकी इन्चार्ज रञ्जन शर्माले बताउनुभयो ।

अहिलेसम्म कसैले उजुरी दिएका छैनन् । उजुरीका आधारमा प्रहरीले कारबाही गर्नेछ । गाउँलेहरूले होटल बन्द गर्न माग गरेका छन् । लामो समयदेखि यो होटललाई लिएर गाउँलेहरू पनि त्रसित थिए ।

अजयकुमार सिंहले आफ्नो घर होटल अगाडि रहेको बताए । यस होटलमा लगातार यस्ता कुराहरू भइरहेको बताइएको छ । त्यसबारे उनले गाउँपालिकालाई पटकपटक गुनासो गरे पनि सुनुवाइ नभएको उनको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close