प्रमुख समाचार
मलामी बोकेको बस दु’र्घ’टनामा मृ’त्यु भएका ६ जनाको सनाखत

बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दु’र्घ’टनाका मृ’तक सातमध्ये छ जनाको सनाखत भएको छ ।
दु’र्घ’टनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली, सोही ठाउँ निवासी वर्ष ४० का खुमबहादुर राना रहेका छन् । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दु’र्घ’टनामा परी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर वि, बुटवल–१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका–३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरूमा तिलोत्तमा–१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी–२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल–१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी–२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका छन् ।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास र तानसेन मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर खातीले जानकारी दिए । बुटवलबाट शव लिएर सतगतको लागि रिडितर्फ जाँदै गरेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान १०:४० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित तानसेन–रिडी पक्की सडक खण्डमा करिब ५५ मिटर तल खसी दु’र्घ’टना भएको थियो ।
चालक भने सकुशल अवस्थामा प्रहरी नियन्त्रणमा रहेको र दु’र्घ’टनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।