समाचार

जसले भारतमै बसेर कमाइमा मुकेश अम्बानीलाई उछिने

काठमाडौं। वर्ष २०२१ भारतीय अर्बपतिको लागि राम्रो रह्यो । यस क्रममा गौतम अडानीको कमाइ सबैभन्दा धेरै भयो । उनी एक पटक त एसियाकै धनी मुकेश अम्बानीलाई सम्पत्तिको मामिलामा उछिन्ने संघारमा पुगेका थिए । भारतीय अर्बपतिहरुमध्ये २०२१ मा सबैभन्दा धेरै गौतम अडानीले ४१.५ बिलियन डलर कमाइ गरे ।

ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार अडानीको सम्पत्ति अहिले पनि ७५.३ बिलियन डलर छ । यो एक वर्ष पहिले २०२१ को सुरुवातको तुलनामा ४१.५ बिलियन डलर धेरै हो । अर्थात २०२१ को सुरुवातको तुलनामा वर्षको अन्त्यसम्म अडानीको सम्पत्ति दोब्बरभन्दा पनि धेरै भयो । एक समय अडानीको कूल सम्पत्ति ८५ बिलियन डलर भन्दा माथि पुगेको थियो । यद्यपि त्यसपछि अडानी ग्रुपका केही कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि अडानीको नेटवर्थ केही कम भयो ।

ब्लुमबर्ग इन्डेक्सका अनुसार एसियाकै सबेभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति अहिले ८९.७ बिलियन डलर छ । यो एक वर्ष पहिले २०२१ को सुरुवातको तुलनामा १३ बिलियन डलर धेरै हो । २०२१ मा कमाइको मामिलामा विप्रोका अजीम प्रेमजीले पनि मुकेश अम्बानीलाई उछिने । प्रेमजीको कूल सम्पत्ति २०२१ को अन्त्यमा ४१.२ बिलियन डलर पुगेको छ । यो एक वर्ष पहिले २०२१ को सुरुवातको तुलनामा १५.८ बिलियन डलर धेरै हो ।

डीमार्टका राधाकिशन दमानीको लागि पनि २०२१ राम्रो भयो । यस क्रममा दीमानीको सम्पत्ति ९.५१ बिलियन डलरले बढेर २४.४ बिलियन डलर भयो । २०२१ मा धेरै कमाइ गर्ने मामिलामा एनसीएलका शिव नाडार पाँचौं स्थानमा रहे । एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ८.४० बिलियन डलर बढेर ३२.५ बिलियन डलर पुगेको छ । यसबाहेक सावित्री जिंदलको सम्पत्ति ५.०२ बिलियन डलर, सन फर्माका दिलिप संघवीको सम्पत्ति ४.२८ बिलियन डलर, डिएलएफका केपी सिंहको सम्पत्ति ३.६१ बिलियन डलर र नायकाकी फाल्गुनी नायरको सम्पत्ति ३ बिलियन डलर बढ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close