राजनीति

देउवाले मनोनीत गरे १० केन्द्रीय सदस्य, रामचन्द्र देखि सुजतासम्म अरु को- को परे ?

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ। सिंह र निधिले कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। उनीहरुले सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सभापतिमा समर्थन गरेका थिए।

यस्तै गच्छदार र कोइराला उपसभापतिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए। पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close