रोचक

पुरुषले सपनामा कुनै पनि स्त्रीलाई चुम्बन गरेको देखेमा मिल्छ यस्ता फल !

सपनालाई विशवास नगरेपनि कतिपय यस्ता सपनाहरु हुन्छन् जुन सपनाले निकै चिन्तित बनाउँछ । भनिन्छ सपना र ज्योतिष उस्तै हुन् । अक्सर विश्वास नगर्नेलाई सपना बकवास जस्तै लाग्छ ।

तर ज्योतिष शास्त्र अनुसार सपनामा कुनै पुरुषले महिलालाई चुम्बन गरेको देख्यो भने पुरुषको लागि फाइदाजनक रहेको हुन्छ । यस्तो सपना देख्ने मानिसले अचानक ठूलो राशीको धन प्राप्त गर्नेछन् । सपनामा यदि कुनै पुरुषले बुर्का लगाएको देख्यो भने आफ्नो आफन्तबाट विश्वास घात हुनेछ ।

सपनामा कुनै महिलाले तास खेलको देख्यो भने सम्पति प्राप्त हुन्छ । सपनामा आफ्नो प्रेमीकासँग घुम्न गएको सपना देख्यो भने दाम्पत्य जीवन सुखमय रहन्छ । सपनामा कुनै गोरी महिलाले अंगालो हालेको र अप्सराहरुको दर्शन गरेको देखेमा अपार धन लाभ हुन्छ । सपनामा भिखारी देखेमा पनि धन लाभ हुन्छ ।

घरमा झगडा भइरहन्छ ? यस्तो हुनसक्छ कारण, जान्नुहोस् यसका उपायका बारेमा !

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको व्यवहारमा विकार आउन थाल्छ, तीव्र अभिलाषाको कारण, व्यक्ति दुराचार जस्तै कुव्यवहारतिर उन्मुख हुन्छ। त्यस्तै, गर्भपात, पत्थरी, गुप्त र असाध्य रोगहरू, खोकी, चिसो, पाचन रोग आदि हुने सम्भावना हुन्छ।

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको जीवनमा मुद्दा चल्ने. झगडा हुने, वैवाहिक जीवनमा समस्या आउने सम्भावनाका साथै बुबासँग मतभेद हुनसक्छ। जन्मकुण्डलीमा लग्न, षष्ठम, अष्ठम तथा एकादश भावमा केतुको स्थिति अशुभ मानिन्छ।

यसको कारण परिवारमा झै-झगडा, मदभेद, मनमुटाव आदि हुन्छ। तर केहि यस्ता उपाय छन् जसको प्रेयोगले केतुको अशुभ प्रभावलाई कम गर्न सकिन्छ।

उपाय

केतुको अशुभ प्रभावबाट बच्नको लागि रातो चन्दनको माला अभिमंत्रित गरेर शुक्लपक्षको पहिलो मंगलबार धारण गर्नुपर्छ।

शुक्लपक्षको पहिलो मंगलवार नीलो धागोमा अभिमंत्रित अस्वगन्धको जरा लगाएर केतु ग्रहको अशुभ प्रभाव कम गर्न सकिन्छ। केतु ग्रहको शान्तिका लागि तिल, कालो फूल, कालो कपडा, उडुको कालो दाल, फलाम, कालो छाता आदि दान गर्न सकिन्छ। यसो गर्नाले लाभ मिल्नेछ।

जन्मकुण्डलीमा केतु दोष रहेकाले भगवान शिव जीको पूजा- अआराधना गर्नु पनि लाभदायक हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close