प्रमुख समाचार

चन्द्रागिरीमा ३० वर्षीय युवकको श’व फेला

काठमाडौं, १५ पुस । काठमाडौंमा एक युवकको शव बिहीबार फेला परेको छ । चन्द्रागिरी नगरपालिका–४ चित्लाङ जाने बाटो हिँमचुलीमा ३० वर्षीय सुजन लामाको शव फेला परेको हो ।

थानकोट प्रहरी इन्चार्ज डिल्ली नारायण पाण्डेको अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । लामाको मृत्यु के कारणले भयो, त्यसबारेमा भने हालसम्म केही खुलेको छैन् ।

डाक्टरको टोली घटनास्थलमा पुग्दै छ । लामाका परिवार पनि घटनास्थलमा पुगिसेकेका छन् । उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको रिपोर्टर अबि श्रेष्ठले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close