समाचार

विदेश घुम्न जानेहरुका लागि नेपालले लगायो यस्तो नयाँ नियम

काठमाडौं । के तपाई बिदाको समयमा विदेश घुम्न जाने योजनामा हुनुहुन्छ ? विदेश घुम्न जानेहरुका लागि नयाँ नियम लागू भएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश जानेहरुका लागि नयाँ नियम लागू गरेको हो । बैंकले विदेशी मुद्रामा कडाई गर्दै दुई पटक मात्र सटही सुविधा दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले भारतबाहेकका विदेशी राष्ट्रमा पर्यटक भिसामा घुम्न जानको लागि राहदानीबापत सटही सुविधा दिने गरेको थियो । सो सटही सुविधा हरेकपटक १५ सय डलर दिने गरिएकोमा अब नयाँ निर्देशन जारी गरिएको छ । अब वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै अब बर्षमा १५ सय डलरका दरले बढिमा दुई पटक मात्र सटही सुविधा उपलब्ध गराउन सर्कुलर जारी गरेको हो ।

यसअघि बर्षमा जति पटक भिसा लाग्यो, प्रत्येक पटक १५ सय डलरको सटही सुविधा पाइन्थ्यो। राष्ट्र बैंकले बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो । कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा समेत गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close