प्रमुख समाचार

यूएईलेअब दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने के के छ अरु देशको नियम हेरौ

यूएईले मान्यता दिएको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने निर्णय गरेको छ । नेपाली श्रमिकलाई मात्र होइन यूएईको रेसिडेन्स भिसा भएकाहरु जो बिदामा गएका छन् उनीहरू यूएईले मान्यता दिएको खोपको दुवै डोज लगाएकाहरूलाई मात्र प्रवेश अनुमति दिएको हो । यूएईले स्पुतनिक भी, सिनो फार्म, फाइजर, बायोएनटेक, अक्सफोर्ड एस्ट्राजेनेका गरी चार वटा खोपलाई मान्यता दिएको छ ।

यी मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ । तर नेपाली श्रमिकका लागि भने अहिले कुनै पनि आधिकारीक निर्णयहरू आएको छैन । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै यूएईले नेपालसँगको व्यवसायीक उडानमा लगाएको प्रतिबन्ध कायम नै छ ।

नेपाल सरकारले नेपाल र यूएईबीच उडान खोल्ने निर्णय गरे पनि अहिलेको अवस्थामा नेपालबाट जहाजहरू रित्तै जानुपर्ने अवस्था छ । बिदामा आएका नेपाली श्रमिकको प्रवेशका सन्दर्भमा अहिलेसम्म यूएई सरकारले कुनै आधिकारिक जानकारी नदिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close