समाचार

एक युवती ब’ला’त्कार गरेकाे आरोपमा नयाँ बसपार्कबाट समातिए ८ युवक

काठमाडौं । काठमाडौं नयाँ बसपार्कमा एक युवती सामूहिक ब’ला’त्कारको सिकार बनेकी छन् । उनले प्रहरी समक्ष समूहिक ब’ला’त्कार भएको भन्दै उजुरी दिएपछि ८ जना पक्राउ परेका छन् ।

काम खोज्दै काठमाडौं आएकी ती युवतीलाई लजमा लगेर पालैपालो ब’ला’त्कार गरेको प्रहरीसामू उनले बताएकी छन् । त्यसपछि घटनाका बारेमा अनुसन्धान गर्ने क्रममा ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र नाम नखुलेका एकजना रहेका छन् । उनीहरु गएराति नै पक्राउ परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई सीसीटिभीका फुटेजका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पीडित युवती सुर्खेतबाट काम खोज्दै काठमाडौं बताइएको छ । उनी विवाहित भएपनि हाल श्रीमान सम्पर्कमा नरहेको खुलेको बताइएको छ ।

उनीहरुले सोमबार देखिनै मंगलबार बिहानसम्म लजमा ब’ला’त्कार गरेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close