खेलकुद

रोमान्चक भिडन्त युरो कप फुटबल मा आज एम्वापे र रोनाल्डो को महा भिडन्त

युरो कप फुटबल २०२० अन्तर्गत समूहगत चरणका खेलहरु बुधबारबाट सकिँदै छन्। समूह ‘इ’मा नेपालीसमयअनुसार पौने १० बजे स्पेन र स्लोभाकिया तथा पोल्यान्ड र स्विडेन भिड्दैछन्। समूह ‘एफ’मा राती पौने १ बजे जर्मनी र हंगेरी तथा फ्रान्स र पोर्चुगल भिड्नेछन्।

समूहमा २ खेलपछि स्विडेन ४ अंक जोडेर शीर्षस्थानमा छ। स्लोभाकिया ३ अंकसहित शीर्षस्थानमा छ। स्पेनको २ र पोल्यान्डको १ अंक छ। यसैगरि अर्को समूहमा फ्रान्स २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ। जर्मनी र पोर्चुगलको एक–एक अंक छ।

प्रतियोगितामा ६ समूहका विजेता र उपविजेता तथा शीर्ष चार वटा तेस्रो टोली दोस्रो चरण पुग्नेछन्। समूह चरणको खेल सकेका टोलीमध्ये दुई वटा समूहमा तेस्रो स्थानमा रहेका दुई टोलीको ४/४ अंक छ।

समूह ‘ए’मा तेस्रो स्थनको स्विट्जरल्यान्डको ४ र समूह ‘डी’मा ते‍स्रो स्थानको चेक गणतन्त्रको पनि ४ अंक छ। स्विट्जरल्यान्डको गोलअन्तर माइनस एक र चेक गणतन्त्रको गोलअन्तर प्लस एक रहेको छ। समूह ‘बी’को तेस्रो टोली फिनल्यान्डको ३ अंक छ भने गोलअन्तर माइनस २ रहेको छ।

समूह ‘सी’को तेस्रो टोली युक्रेनको ३ अंक छ र गोलअन्तर माइनस १ रहेको छ। ४ अंक भएका तेस्रो टोली स्विट्जरल्यान्ड र स्विडेनले पनि दोस्रो चरणमा ठाउँ बनाइसकेका छन्। अब तेस्रो टोली भएर दोस्रो चरणमा जाने दुई वटा टोली तय हुन बाँकी छ।

बुधबारको खेलमा स्पेनले स्लोभाकियालाई हराएमा दोस्रो चरणमा प्रवेश गर्ने छ। तर बराबरीमा पनि स्पेनको अगाडी बढ्ने सम्भावना रहन्छ, त्यसका लागि स्विडेनले पोल्यान्डलाई हराउनु पर्नेछ। त्यस अवस्थामा स्पेनले तेस्रो टोलीका रुपमा अगाडि बढ्न सक्छ तर उसले समूह ‘एफ’का खेलहरुको नतिजा हेर्नुपर्ने हुन्छ।

समूह ‘एफ’मा बराबरी खेले मात्र पनि फ्रान्स र पोर्चुगल दुवै अगाडि बढ्छन्। जर्मनी पनि बराबरी खेले मात्र पनि अगाडि बढ्ने छ। समूहमा समान अंक भएमा ती टोलीबीच भएका खेलमा जसले जितेको हुन्छ वा बढी गोल गरेको हुन्छ त्यो अगाडि रहने व्यवस्था छ।

जर्मनी र पोर्चु्गलको समान अंक भएमा वरियतामा जर्मनी अगाडि हुने छ किनभने जर्मनीले पोर्चुगललाई हराएको थियो। तेस्रो टोलीले चार अंक जोड्न सकेमा उसले पनि दोस्रो चरणमा स्थान बनाउने छ। किनभने चारवटा भन्दा बढी तेस्रो टोलीको चार अंक हुने सम्भावना छैन। तर हंगे‍रीले जर्मनीलाई हराएमा र आफू फ्रान्ससँग पराजित भएमा पोर्चुगल समूहगत चरणबाटै बाहिरिने छ। तर जर्मनी र हंगेरीबीचको खेल बराबरी भएमा पोर्चुगलले अन्तिम खेलमा हारेपनि अगाडि बढ्ने सम्भावन रहन्छ।

तेस्रो टोलीहरुमध्ये जसको बढी अंक हुन्छ वरियतामा ऊ नै अगाडी हुन्छ। अंक समान भए जसले बढी गोल गरेको छ त्यसका आधारमा टोली अगाडि बढ्नेछन्।

बढी गोल गर्ने टोलीमा पोर्चुगल भाग्यशाली छ। उसले फ्रान्ससँगको खेलमा हार ब्यहोरेपनि उसको यात्रा समाप्त नहुन सक्छ। उसले फ्रान्ससँग कम्तिमा ३ गोल अन्तरले पराजित भएमा मात्र उसको यात्रा समाप्त हुने छ। पोर्चुगलको गोल अन्तर प्लस १ रहेको छ भने अघिल्ला दुई खेलमा ५ गोल गरेको थियो। माइनस १ गोल अन्तर रहेको अर्को तेस्रो टोली युक्रेनले ४ गोल गरेको छ। त्यसैले दुई गोलअन्तरले पराजित भएमा पोर्चुगल दुई वटा समूहका तेस्रो टोली फिनल्यान्ड र युक्रेनभन्दा अगाडि रहने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close