समाचार

साउदीदेखि दुबईसम्म ट्रेलर कुदाउदै अर्घाखाँचीका अमृत

साउदी । साउदीदेखि दुबईसम्म ट्रेलर कुदाउछन् नेपाली युवा भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर याे यथार्थ हाे । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपलाीका वार्ड नं ७ अड्गुरीको झन्द्रेकका जन्मिएका अमृत जंग टन्डन अहिले साउदीदेखि दुबईका शहरहरुसम्म ट्रेलर कुदाउछन् । पढाईमा स्तातक पास गरेका उनी जागिरकाे खाेजी गर्दै बुटबल र काठमाडौ मा संधर्ष गरिरहे अन्त्यमा बाध्य भएर उनी परदेश पसेका हुन् ।

सामान्य परिबारमा जन्मिएका टन्डनले परदेशमा तिता मिठा अनुभबहरु धेरै महसुस गरेका छन्, साउदीदेखि दुबईसम्म करिक एक हप्ता लामाे यात्रा त्यति सजह नभएकाे उनी बताउछन् । उनी भन्छन् “एक हप्ताकाे लागि चाहिने अत्यावश्यक सामान प्याकिङ गरि बाटाे तातउनु पर्छ, बाटाे मै खाना आफै बनाउदै खादै यात्रा तय गर्नुपर्छ ।

याे गन्तब्यमा नपुग्दासम्म कति बेला के कस्ताे समस्या आउने हाे थाहा हुँदैन र पनि नेपाली गित संगितलाई यात्राकाे साथी बनाएर गन्तव्य सम्म पुगिनछ ।” यात्रा नै जीवन रहेछ उनी बताउछन्, उनकाे लागि किचनदेखि सुत्ने काेठा सबै उहि ट्रेलर हाे । करिब ५ बर्ष हुन लाग्याे उनकाे ट्रेलरकाे परदेशी जीवन, कहिले काहीँ ड्राइभर जीवनदेखि वाक्क लागेपनि नेपालकाे परिस्थितिले बाध्य बनाएकाे छ ।

“नेपालमा गरिखाने वाताबरण नै छैन्, अहिले जेे हाेस त्यहाँकाे कमाईले सन्तोषजनक छु उनले भने” । उनी अहिले सामाजिक कार्यमा पनि समयले भ्याएसम्म अगाडि बढिरहेका छन् । दुखि गरिबदेखि गाैतमबुद्ध रंगशाला बनाउन उनकै पहलमा पटक पटक आर्थिक सहयाेग गरेका छन् ।

उनी एक पात्र मात्र हुन अहिले हजाराै युवाहरु उनी जस्तै परदेशमा पसिना बगाइरहेका छन् । टन्डन अगाडि भन्छन्; “परदेश रहर हाेइन बाध्यता हाे, परिवारसँग बस्न कसलाई रहर हुँदैन र । ” अर्घाखाँची डटकम बाट

Related Articles

Leave a Reply

Your email address will not be published.

Close