प्रमुख समाचार

पटक-पटक बजेट विनियोजन भएर टेण्डर हुँदा समेत किन वामी भुवाचिदी सडक खण्ड कालोपत्रे हुन सकेन,कारण खोज्न स्थानियलाई विष्टको आग्रह

गुल्मी । नेकपा एमाले मुसिकोट नगरकमिटीको अगुवा कार्यकर्ता भेला तथा युवासघं नेपाल मुसिकोट नगरकमिटीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकणर् विष्टले गठबन्धनका नाममा नेपाली काँग्रेस र अन्य केही दलहरु ले एमालेलाई घेराबन्दीमा पार्न कोशिस गरेको भन्दै आमागी चुनावमा एक्ला एक्लै एमाले पार्टी संग चुनाव लड्ने आट कसैसगं नभएको दाबी गर्नुभयोे ।

आगमि निर्वाचनमा यदी सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्टको भनाई थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्रात्त भएको विष्टले उल्लेख गर्नुभयो । मन्त्रीमण्डप विस्तार गर्न १ सय दिन लगाउने सरकारले जनताको समस्या र चाहाना अनुसार काम गर्न नसक्ने विष्टले बताउनुभयो । विष्टले पार्टीमा देखिएका केही आन्तरिक सकंटले कार्यकर्तालाई निराशा बनाएपनि फेरी एकताबद्ध भएर अगाडी बढ्न सबै पार्टी पङ्तिलाई आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close