समाचार
वैदेशिक रोजगारले निम्त्याएको यौ’न कुण्ठा: आफन्तसँगै सम्बन्ध बढ्दो

राजविराज नगरपालिका १ कि ३९ वर्षीया पानोदेवी खंग नाम परिवर्तनको वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले। उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि केही समस्या पर्दा पानोदेवी लाई सहयोग गर्दै आए।
सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले। उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे। तर पनि उनीहरूले दूरी कायम गर्न सकेनन्। जस कारण श्रीमान विदेश रहँदा भएको यौ’न चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन्।
श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच सम्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर सम्बन्ध रहने गरेको छ। चाहना सबैमा हुन्छ नौ वर्ष भयो श्रीमान नआएको उसले श्रीमानका मित मलाई श्रीमानले भन्दा बढी माया गर्छ। हामी नजिक हुँदा जाँदा सम्बन्ध पनि हुन थाल्यो। र अहिले पनि हामीबीच हुने गरेको छ पानोदेवी सुनाउँछिन्।
उनीहरूबीचको सम्बन्धको आशंका पानोदेवीका सासुससुरालाई पनि रहेको बताउँछिन्। सासुससुरालाई छोराको मित आफ्नो घर आएर बुहारीको कोठामा घण्टौँसम्म बस्न थालेपछि बुहारी र सासुससुराबीच झगडा पनि हुने गरेको छ। चाहना मार्न सकिँदो रहेनछ। घरमा सासु ससुराले गाली गर्न थालेपछि बिरामी छु भन्ने बाहना बनाएर लजमा गएर मितसँग श्रीमानका मित चाहना मेटाउँदै आएकी छु उनी भन्छिन्। उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा मात्र होइन समाजमा पनि कुरा काट्न थालेको पानोदेवी बताउँछिन् ।
तर इच्छा मार्न नसक्दा घर र समाजको प्रतिक्रियालाई बेवास्ता गरेर मितसँग यौन सम्बन्ध राख्दै आएको पानोदेवी सुनाउँछिन् । राजविराज नगरपालिका २ कि ३६ वर्ष कल्पना यादव नाम परिवर्तन को श्रीमान पनि वैदेशिक रोजगारका लागि विदेश गएको १५ वर्ष भयो । बुबा विदेश जाँदा एक वर्षको छोरा अहिले १६ वर्षको भयो । यसबीचमा उनलाई सुखदुःखमा साथ दिन भन्दै देवर नजिकिए । कल्पनालाई सहयोग गर्न उनको देवर अविवाहित हुन् । भाउजुलाई सहयोग गर्ने क्रममा नजिकिएका देवरसँग कल्पनाको सम्बन्ध रहन थाल्यो ।
यस्तो हुन्छ भनेर सोचेको थिइन कल्पनाले भनिन् तर नजिक हुने क्रममा सम्बन्ध रहन गयो । इच्छा धेरै दिन मार्न गाह्रो हुँदो रहेछ । देवर आउँ दा कसले शंका नगर्ने र मन मिलेपछि रहन सजिलो भएको कल्पनाको अनुभव छ । उनी भन्छिन् घरमा निर्धक्क भएर आउन सक्ने मान्छे पाएको र मन मिलेपछि हुन थाल्यो । छोरा विद्यालय गएका बेला देवरसँग राख्ने गरेको छु ।
वर्षमा एक महिनाका लागि आउने श्रीमानबाट सधैँका लागि तृप्त हुन नसकिने कल्पना बताउँछिन् । श्रीमान वर्षमा एक पटक एक महिनाका लागि आउनुहुन्छ उनी भन्छिन् तर फेरि श्रीमान विदेश गएपछि चाहना बढ्ने त्यतिखेर देवरसँग राख्छु । चाहना सबैको हुन्छ कसैले दबाएर राख्छ कसैले दबाउन नसकेर आफूले चाहे अनुसारको वातावरण र साथी पायो भने राख्ने गरेका देखिएको राजविराज नगरपालिका १ कि कविता यादवले बताइन्।
पुरूषलाई पनि यस्तो हुने गरेको छ। घरमा श्रीमती हुँदाहुँदै पनि अर्को महिलासँग सम्बन्ध राखेको देखिन्छ उनले भनिन्। श्रीमती वैदेशिक रोजगारमा रहेका बेला स्वदेशमा रहेका श्रीमानले पनि परस्त्रीसँग राख्ने गरेको केही घटना देखिन्छ । पुरुष वा महिलाले अवैध सम्बन्ध राख्दा परिवारमा विचलन आउने गरेको छ । सांकेतिक तस्वीर न्युज कारखानाबाट साभार