प्रमुख समाचार

ओमिक्रोन संक्रमित बढेपछि भोलि रातिबाट कर्फ्यु

काठमाडौं– ओमिक्रोन संक्रमितको संख्या बढिरहँदा भारतको उत्तर प्रदेशमा रात्रिकालिन कर्फ्युको आदेश जारी गरिएको छ। कर्फ्यु भोलिबाट लागू गरिने छ। राति ११ बजेदेखि विहान ५ बजेसम्म लागू रहने जनाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। उत्तर प्रदेश सरकारका निर्देशकका अनुसार २ सय भन्दा धेरै मानिसले विवाह समारोहमा भाग लिन नपाउने भएका हुन्।

त्यस्तै बजारमा ‘मास्क छैन त सामान छैन’ अभियानलाई अघि बढाइने जनाइएको छ। अन्य कुनै पनि राज्यबाट उत्तर प्रदेश आउनेको सीमामा कोरोना जाँच गर्ने तथा रेलवे र विमानस्थलमा उच्च शतर्कता अपनाइने जनाइएको छ। भारतमा पछिल्लो २४ घण्टामा ओमिक्रोनका ३५८ संक्रमित फेला परेका छन् ।

थप समाचार
हार्दिक बधाई – बेलायतमा बनिन नेपाली छोरी वकिल
काठमाँडौ –नेपालीहरुले संसारको जुनसुकै देशमा पुगेर भएपनि नेपाललाई चिनाउने काम गरेको छ । त्यस्तै गरी बेलायतमा रेबेका राईले बेलायतको सोलिसाईटर्स बनेर नेपालको नाम उच्च गरेको छ ।

भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी राई हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन् ।

पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घरका राईको बेलायती सैनिक अस्पताल, हङकङमा १० जुलाई १९९४ मा जन्मिएकी थिईन् र सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन् ।

गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् ।

हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्सु बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन् ।

रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन् ।

त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट

लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन् ।

लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन् ।

अविकसित राष्ट्रको एउटा अनकन्टार दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए ।

छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close