समाचार

दु’र्घ’टनामा परि गम्भीर घा’ईते भएकी नर्स निशा सुब्बाको नि’धन

थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ ।

गत शनिबार (पुस ३ गते) ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना हुँदा सुब्बा गम्भिर घाइते हुनुभएको थियो ।

दुर्घटना लगत्तै उहाँलाई बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको आइसियुमा उपचारका क्रममा आज विहान सुब्बाको निधन भएको हो । स्थायी घर झापा भद्रपुर रहेको सुब्बा विगत ८ वर्षदेखि प्रसुती अस्पतालमा न्यु पोष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक संजालमा बीमन लिम्बु लेख्छिन: दाजुको छोरी(भदाइनी) प्रति भावपूर्ण श्रद्धाञ्जली

झापा जिल्ला,भद्रपुर- २ मा स्थाई बसाेबास भई हाल ईमाडाेल,ललितपुर बस्ने मंगल सिं लिम्बूकी नातिनी, पदमसुन्दर लिम्बू तथा निर्मला लिम्बूकी छोरी, पेशाले स्टाफ नर्श, सुश्री नीशा सुब्बा २०७८ साल पाैष ३ गते शनिबार राति ७:३५ बजे गम्भीर दुर्घटनामा परि B&B अस्पतालको ICU मा राखिएकाेमा हाल मृत्यु भई पाटन अस्पतालमा पाेष्टमार्टमकाे लागि लगिएकाे छ ।

दिबङ्गत् सूश्री निशा सुब्बाकाे अन्त्यष्टी निम्न मिति, समय र स्थानमा हुने ब्यहाेरा सराेकारवालाहरु सबैलाई जानकारी गर्दछु ।

मिति:- २०७८ पाैष १० गते शनिवार
समय:- दिउशाे १२ बजे
स्थान:- पशुपति आर्यघाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close