समाचार

अस्पताल लैजानु पर्ने कै’दीलाई खाजा खान होटलमा लगेपछि सिसिटिभी फुटेजमा कै’द भयो यस्तो दृश्य-

दाङ । यअसघि प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही का’रागार का ना’इके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ। घोराही स्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फु’टेजमा देखिएको छ।

प्रहरीले परियार भागेको दृश्य कै’द भएको फु’टेज पनि शुक्रबार नै लगिसकेको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फु’टेज हेर्दा च’रम लापरबाही देखिएको बताए। सरासर अस्पताल नलगेर किन रेष्टुराँमा नास्ता खान लगिनुले च’रम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे।

‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दो’षी जोकोही भए पनि हामी कसैलाई छो’ड्दैनौं।’ क’र्तव्य ज्यानमु’द्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका ना’इकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा ह,’तकडी पनि लगाइएको थिएन ।

परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए। तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौ’का छो’पी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ।

यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो। स्रोतका अनुसार कारागारका ना’इकेलाई ह,’तकडी लगाउने चलन छैन। कुनै पनि बि’रामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए।

जिल्ला का’रागार घोराहीका जे’लेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छा’ला सम्बन्धी उपचार गराउनका लागि ना’इके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन्। का’रागारका ना’इके परियार भा’गेपछि का’रागार प्रशासन र प्रहरीका बीचमा आरोप-प्रत्यारोप चल्न थालेको छ।

एकले अर्कोलाई कमजोरी तथा लापरबाही गरेको हुँदा परियार भाग्न सफल भएको दो’षारोपण गर्न थालेका छन्। यसैबीच, प्रहरीले प्रहरी ज’वान चौधरीसहित थप तीन जना सर्वसाधारणलाई परियारलाई भ’गाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिएको छ ।एसपी काफ्लेले अन्यको पनि त्यसमा मिलेमतो देखिएको र उनीहरूको पहिचान खुले पनि फ’रार रहेकाले खोजी जारी रहेको जानकारी दिए।

प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ। प्रहरीले फ’रार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने ना’काहरू पनि सि’ल गरिसकेको बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close