प्रमुख समाचार

२ महिला र एक पुरुष यस्तो अवस्थामा मृ,त भेटीए

मकवानपुरमा बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको श,व फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झु ‘ण्डि’ एको अवस्थामा फेला परेका छन् भने मृ,त अवस्थामा एक पुरुषको श,व फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा वस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ वस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको श,व घर नजिकै रुखमा झु ण्डि एको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकरी दिनुभयो ।

उक्त दुवै श,वलाई पोष्टमार्टमका लागि हेटाँैडा अस्पतालमा पठाइएको छ ।मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ । स्थानीयवासिन्दाले उक्त श,व देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ । श,वको पहिचान खुल्न सकेको छैन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close