मनोरंजन

अध्ययन गर्न अमेरिका गएकी श्रृंखला ४ महिना नबित्दै नेपाल फर्किइन्, यस्तो छ कारण

काठमाडौं-पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् । अ‍ेमरिका गएको ४ महिनामै उनी नेपाल फर्किएकी हुन् । कलेजमा क्रिसमसको छुट्टी भएपनि उनी नेपाल आएकी हुन् । हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचन गएकी उनले कलेज बिदा भएकाले हजुरबुबाको पुस्तक​ सार्वजनिक हुँदा आफु उपस्थित हुन पाएको उनले बताइन् ।पुस्तक विमोचन कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् ।

‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’ उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’

हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको समेत उनले बताइन् ।अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।

अन्य समाचार : आफ्ना श्रीमान भन्दा जेठा छन् यि ५ नाम चलेका नेपाली नायिकाहरु, हेर्नुहोस् कुन नायिकाको उमेर कति ? काठमाडौँ | हाम्रो समाजमा श्रीमती भन्दा श्रीमान् कान्छो भएको पनि हामीले देखेका छौ, तर धार्मिक शास्त्रका अनुसार श्रीमती भन्दा श्रीमानको उमेर केहि बर्षले ठुलो हुनु पर्ने मान्यता रहको छ ।

त्यस्तै, पछिल्लो समय भने उमेरको ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका हाम्रो समाजमा खुल्स्त रुपमा देखिएका छन् ।

तर श्रीमती भन्दा श्रीमान ठुलो हुनु पर्छ भने हाम्रो धार्मिक मान्यता अझै चलिरहेको छ । आम समाज जस्तै नेपाली फिल्म क्षेत्रमा पनि यस्ता थुप्रै जोडी छन् जसमा श्रीमान भन्दा श्रीमती जेठी छन्।

आज हामी तपाईंलाई यस्तै ५ नेपाली नायिकाको बारेमा बताउन जाँदैछौं जो आफ्नो श्रीमान भन्दा बढी उमेरमा छन्। हेर्नुस श्रीमान भन्दा जेठी यी ५ नेपाली अभिनेत्री –

Related Articles

Leave a Reply

Your email address will not be published.

Close