मनोरंजन

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।

आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।

‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ ।

मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।

अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’ अध्यक्ष दाहालले भने– ‘त्यस विषयमा छलफल हुन बाँकी रहेको छ ।’ छलफल नभएको बिषय भएकोले त्यस बिषयमा अहिले आफु थप केही नबोल्ने दाहालले सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close