राजनीति

मलाई त रिटायर हुन मन छ, साथीहरुले भनेर मात्र बसिरहेको छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए ।‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर… मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो ।

यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ उनले भने।

अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरे । ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ ।

तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close