समाचार

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

बाँके, ८ पुुुुुुुुुुुुुस: किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।

बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताए ।

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो ।

साथी संस्थाको आयोजनामा भएको उक्त बैठकमा प्रहरी उपरीक्षक कार्कीले तीन वर्षको लैङ्गििक हिंसाका घटनाको तथ्याङ्क प्रस्तुत गरेका थिए।

प्रहरी उपरीक्षक कार्कीले भने, “आव २०७५-७६ मा १३९, २०७६-७७ मा ११९, २०७७-७८ मा १०६ महिला हिंसाका घटना भएको थियो । ”नेपाल प्रहरी निरन्तर लागिरहँदा पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको बताउँदै उनले सम्पूर्ण सरोकार निकायबाट समन्वय, सहकार्य हुनुपर्नेमा जोड दिए ।

आयोजक संस्थाका कार्यक्रम अधिकृत कुलराज दहितले घरेलु हिंसामा परेकामध्ये ३४ जनालाई उद्धार गरिएकोे बताए ।-रासस/File Photo

Related Articles

Leave a Reply

Your email address will not be published.

Close