राजनीति

ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ।

राजदूत यान्छी बुधबार ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी हुन्। राजदूत यान्छी र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

१० औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओली र होउबीच पहिलो पटक भेटवार्ता भएको हो। भेटका क्रममा राजदूत यान्छीले बधाइ तथा शुभकामना दिइन्। चिनियाँ राजदूत यान्छी नेपालको राजनीतिप्रति चासो राख्दै आएकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close