अन्तरास्ट्रिय

६ वटा विहे गरेका यी हुन् दुबईका प्रधानमन्त्री बिन राशिद जस्ले कान्छी श्रीमतीसंग सम्बन्धबिच्छेद गर्दा दिनुपर्यो ८० अर्ब रुपैयाँ

काठमाडौं :दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ ।

तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ ।

यसलाई बेलायती कानुनी इतिहासमा तलाक(सम्बन्धविच्छेद)को सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ । बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् ।

उनी अहिले ४७ वर्षकी छन् ।शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् ।

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ ।

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टि पनि दिनु छ ।

हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन् । उनले पतिबाट आफ्नो ज्यानमा ख’तरा भएको बताउकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close