प्रमुख समाचार

गुल्मीको वामीटक्सारमा पीकअप जीपको ठक्करबाट एक महिला घाईते !

गुल्मी । पिकअप जीपको ठक्करबाट वामीटक्सार बजारमा पैदलयात्रा गरिरहेकी एक महिला घाईते भएकी छिन् ।

मुसिकोट नगरपालिका वडा नं ७ स्थित बसपार्कबाट खर्बाङ तर्फ जाँदै गरेकी महिलालाई विपरीत दिसाबाट आउँदै गरेको लु १ ज २६५५ नंको पिकअप जीपले ठक्कर दिँदा मुसिकोट नगरपालिका वडा नं १ की ५८ वर्षीय फरिण कुमारी घिमिरे घाईते हुनुभएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो ।

जीपको ठक्करबाट घाईते घिमिरेलाई वामीटक्सार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको उहाँले बताउनुभयो । ठक्कर दिने जीप र चालकलाई वामी प्रहरी चौकीको नियन्त्रणमा राखिएको उहाँको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close