मनोरंजन

राजीव बलामीको निर्देशनमा ‘तिहारको दान’

काठमाडौं । गायक हरिबहादुर महतको तिहार विशेष गीत ‘तिहारको दान’ विहानी म्यूजिक ग्रुपबाट सार्वजनिक भएको छ । भने तिहारको दान गीतको म्यूजिक भिडियोलाई राजीव बलामीले निर्देशन गरेका छन् ।

ति भिडियोमा राजीव बलामी, कृस्टिना गुरुङ, सूर्य थापा, प्रशंसा अधिकारी, रुचि गुरुङको अभिनय रहेको छ । गायक हरिबहादुर महत र गायिका देवी महतोको स्वरमा रहेको यो गीतलाई गायक महतले नै शब्द तथा संगीत सिर्जना गरेका छन् ।

कृष्ण पुन र महेश पुनको संगीत संयोजन रहेको यो गीतलाई विमल बुढाले मिक्सिङ गरेका छन् । म्यूजिक बैंक रेकर्डिङ स्टुडियोबाट बजारमा आएको यो गीतमा भरत बुढाथोकी, प्रकाश परियार, सनसरी गुरुङ, संगीता सानु, कर्मा तिवारीले सहगायनमा साथ दिएका छन् ।

भिडियोमा क्यारेक्टर कलाकारको रुपमा हरि महत, अमृता महत, कल्पना अधिकारी, ललिता थापा, सावित्रा महत, सपना महत, गणेश महत, शक्ति थापा, सृष्टि थापा र पनिशा अधिकारी रहेका छन् ।

भिडियोको कोरियोग्राफी राजीब बलामीको रहेको छ भने एसिस्टेन्ट कोरियोग्राफी अमृता गुरुङ श्रेष्ठले गरेकी छन् । क्यामेरा भेषबहादुर गुरुङको रहेको छ भने राजीव बलामी आफैंले सम्पादन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close