बिबिध
छुनु र टिप्नु हुदैन बाटोमा भेटिएका यी चिज भाग्यनाश हुन्छ

हामी बाटोमा हिड्दा विभिन्न कुरा हरु देख्ने गर्छौं भेट्ने गर्छौं तर बाटोमा भेटिएका सबै कुरा टिप्नु छुनु हुदैन कहिलेकाहीँ बाटोमा हिड्दा यस्ता चिजहरु भेटिने गर्छ जुन टिप्ने कि नटिप्ने भनेर हामी द्धविधामा पर्ने गर्छौ ।अझ कुनै चिज त छुन पनि नहुँने धर्म शास्त्रमा उल्लेख गरिएको छ । यी ७ चिजहरु सडकमा देखिए नछोइकन बँचेररै हिडे राम्रो
तन्त्रमन्त्रका चिजहरुःनराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छुटाउनको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।
हड्डीः बाटोमा हिड्दा सडकमा यदिकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बच्नुपर्छ कपालःबाटोमा हिड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।
नुहाएको पानीःशहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाउँमा मानिसहरु घरको बाहिर वा धारा, कुवा, ट्युवेलनजिकै नुहाउँछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।
खरानीःसडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।
मृत पशुः सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ फोहोर कपडाःबाटोमा फोहोर कपडा देखेमा यसबाट पनि परै बस्नुपर्छ यस्ता कपडा छोएमा हामीलाई अपवित्र बनाउन सक्छ त्यसैले यस्ता कपडालाई छुन हुँदैन ।
यसैगरी यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ ।
त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ ।
यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।