रोचक

से”क्सको प्रस्ताब बढी आउँछ।

से”क्सको प्रस्ताब बढी आउँछ।

पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन् रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् ।

पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा बर्दिया बाँसगढी महोत्सवमा नृत्य गरेर कला यात्रा थालेकी हुन् । सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नै पर्ने भो बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६०भन्दा बढी भिडियो गरिसकेकी छन् ।

टिका तारामी मगर र चन्द्र शर्माको बाच्छीले धान खायो अनिता चलाउनेको एन्ट्री मार्यो मायाले जय देवकोटाको रुँदो हो मन हरि विष्टको ‘माइतीको देश भागीरथ चलाउनेको जाउँला बरी लै जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । यिनै मोडलसँग राजधानी दैनिकका डब्बु क्षेत्रीले गरेको सटकट संवाद यस्तो रहेको छ ।

स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र रु आएको छ । तर राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा डेब्यु तयारी गर्नेछु । त्यसो भए फिल्ममा तत्काल नआउने रु अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु ।

त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ । सुबिनाले जवाफ दिएकी छिन । पत्रकारको अर्का प्रश्न स्टेज कार्यक्रम किन बढी भन्ने प्रश्नमा उनले स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु । उनले भनिन । मेला महोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३० देखि ३५ हजार पाइन्छ ।

१० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ । उनले भनिन आफ्नो मोडलिङ यात्रा ठिकै राम्रै चलेको छ । मासिक तीन चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै पर्यो । शो’षण हुन्छ भन्ने गुनासो छ नी भन्ने प्रश्नमा उनले कस्तो शोषण भन्ने रु आर्थिक शोषण हुन्छ ।

त्यसो त हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन । त्यो त कुरै नगारौं, मसँग सम्बन्धमा बस । तिमीलाई म राता रात हिट बनाउँछु, फिल्ममा स्टार बनाउँछु भन्छन् । तर उनीहरूले विवाह गर्छु भन्दैनन् । यौ९न सम्बन्धको लागि मात्र प्रस्ताव गर्छन् ।

मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन । आफैं टाढा बस्छु । उनले भनिन म तीन वर्ष प्रेममा रहें ।

विचार नमिलेर टुट्यो । अहिले एकल छु । प्रेम त टुट्यो अब के हुन्छ त भन्ने प्रश्नमा अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close