प्रमुख समाचार

भारतीय कलाकार अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा लिने

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी लिने भएका छन् ।

खेरले हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आए थिए । उनले गत साता पशुपतिनाथ मन्दिर परिसरमा आरती नाम गरेकी बालिकालाई भेटेका थिए ।

अनुपमले मंलबार एक ट्वीटमा भारतको राजस्थान घर बताउने आरती नाम गरेको बालिकाको प्रशंसा गरेका छन् ।

अनुपमले आफूसंग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका हुन् ।

ती बालिकाले पैसा नभएको कारण स्कुल नगएको बताएकी अनुपमले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close