मनोरंजन

लोकदोहोरी गायक किसान गाहा मगरको शब्द, संगितमा “अधुरै भो भेट्ने रहर” गीत सार्बजनिक

काठमाडौं, अबतार शाक्य । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शकस्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसैसन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकदोहोरी गायक किसान गाहा मगरको शब्द, संगितमा लोकदोहोरी गायिका शान्ति श्री परियारको आवाजमा नया गित “अधुरै भो भेट्ने रहर” परेली फिल्म युटुव च्यानलबाट सार्वजनिक भएको छ।

गितमा किसान गाहा मगरको उत्कृष्ट शब्द सृर्जना एवम् संगित रहेको छ । संगितमा मिठो आवाज संगै मन छुने शब्द गासेर, पछिल्लोसमयको गतिविधि गितमा दर्शाईएको छ।

दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई मिलन कार्कीको छायांकन एवम् मिलन कार्कीले नै सम्पादन गरेका छन् भने निर्देशक पनि मिलन कार्की स्वयम् आफैंले गरेका छ्न । गीतमा लक्ष्मण भण्डारी र शशिकला राईकोअभिनय रहेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close