समाचार

डिभोर्स भैसकेकी पूर्व पत्नीलाई ब,’लात्कार गरेको आरोपमा भोजराज थापा पक्राउ

डिभोर्स भैसकेकी पूर्व पत्नीलाई ब,’लात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका ५२ वर्षीय भोजराज थापा (फडिन्द्र)लाई पक्राउ गरेको हो ।

पूर्वपत्नीको कोठामा गएर उनले ब,’लात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।त्यस्तै नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।

लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्र,’लोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न गरगहना बनाएर भारतबाट चाँदीका तयारी सामान नेपालतर्फ त,’स्करी हुने गरेको पाइएको छ । पू,’जामा प्रयोग हुने विभिन्न सामग्री बनाएर भारतबाट नेपालतर्फ तयारी चाँदी त,’स्करी हुने गरेको खुलेको हो ।नेपालबाट भारततर्फ चाँदी त,’स्करी हुने र त्यही चाँदीबाट विभिन्न सामग्री बनाई फेरि नेपालतर्फ नै अ,’वैध ढङ्गले पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) रानीले विराटनगर–१६ बाट करिब २ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर १५ का ४५ वर्षीय बलराम सिंह छन् । उनी भरिया रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले धन्तेरा ठूला गणेश लक्ष्मी १४ थान, धन्तेरा सानो गणेश लक्ष्मी १७ थान,

पत्थर ज,’डित चाँदीको औंठी २४ थान र चाँदीको सिक्का १ सय थान ब,’रामद भएको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट चाँदी त,’स्करी गर्ने झोला पनि प्रहरीले ब,’रामद गरेको छ । रीरमा उक्त झोला बाँ,’धेपछि तस्करीको चाँदी त्यही झोलामा राख्ने गरेको पाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close