रोचक

ग्रहचक्रमा भोलि हुँदैछ उथलपुथल, यी राशिको भाग्यमा हुनेछ व्यापक परिवर्तन !

एजेन्सी – न्याय दिलाउने ग्रहको रुपमा रहेको शनि ग्रहले जेठ ९ गते आइतबार चाल परिवर्तन गर्दैछ। त्यसदिन शनि ग्रह मकर राशिमा वक्री हुनेछ। जेठ ९ गते चाल परिवर्तन गरेपश्चात शनि असोज २५ गते सम्म सोहि अवस्थामा रहनेछ। शनि वक्री हुँदा १२ वटै राशिलाई केहि न केहि नकारात्मक प्रभाव पार्नेछ.शनिको वक्रीले कुन राशिलाई कस्तो प्रभाव ? हेर्नुहोस्

मेष राशि
दशम स्थान यानि कर्म भावमा हुने शनिको गोचरले मेष राशि हुनेहरुको जीवनमा नकारात्मक प्रभाव पार्ने देखिन्छ। आर्थिक रुपमा समस्या बढ्नेछ। ऋण लिने-दिने कार्य सकेसम्म नगरेकै राम्रो होला। कुनै पनि निर्णय लिनु अगाडी गहन छलफल आवश्यक गर्नु उचित हुनेछ। अनावश्यक भागदौड बढ्दा शारीरिक तथा मानसिक रुपमा कम्जोर भइने सम्भावना छ।

वृष राशि
शनिको चाल परिवर्तनले वृष राशि हुनेहरुको जीवनमा आर्थिक समस्या पैदा गर्न सक्ला। अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्ने देखिन्छ। स्वास्थ्यलाई लिएर पनि समस्य कठिन रहनेछ। प्रेम जीवन मात्र नभई पारिवारिक जीवनमा पनि अलि बढी नै समस्या उत्पन्न हुनेछन्। शिक्षाको क्षेत्रमा भने सोचेजस्तै प्रगति हुन सक्ला।

मिथुन राशि
अष्टम स्थानमा हुने शनिको वक्रीले मिथुन राशि हुनेहरुको स्वास्थ्यमा प्रभाव पार्नेछ। श्वास-प्रश्वास तथा पाचन सम्बन्धि समस्याले सताउनेछ। यात्रा का योजनाहरु पनि रद्द हुने देखिन्छन्। मित्रजनबाटै धोका हुन सकने हुँदा सतर्क रहनु होला। सकेसम्म नयाँ कार्य थालनी पनि नगरेकै राम्रो हुने देखिन्छ।

कर्कट राशि
सप्तम स्थानमा हुने शनिको वक्रीले कर्कट राशि परिवारमा कलह बढाउने देखिन्छ। प्रेम जीवन अथवा दाम्पत्य जीवनमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुनेछन्। नगरेका गल्तीले दुख दिनेछन्। झुठा आरोप लाग्न सक्ने हुँदा सतर्कता आवश्यक रहला। अनावश्यक खर्चमा नियन्त्रण नभए आर्थिक समस्याले पनि सताउनेछ।

सिंह राशि
शनिको वक्रीका कारण सिंह राशि हुनेहरुको खर्च बढ्ने देखिन्छ। स्वास्थ्यमा समस्याहरु देखा पर्लान्। आफ्नो मात्र नभई परिवारका सदस्यहरुको समेत स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। शुक्र वक्री पश्चात शत्रु हावी हुने पनि देखिन्छ। सकेसम्म टाढाको यात्रा नगरेकै राम्रो होला।

कन्या राशि
शुक्रको वक्रीका कारण कन्या राशि हुनेहरुको बौद्धिक पक्षमा नकारात्मक प्रभाव पर्ने देखिन्छ। प्रतिष्पर्धाहरुमा सहजै सफल हुन सकिनेछैन। विद्यार्थीहरुका लागि समय कठिन हुनेछ। बोलि तथ्य व्यवहारमा नियन्त्रण आवश्यक पर्नेछ। बोलिका कारण आलोचित भइनेछ। सोच-बिचार नगरी उठाइएका कदमले नसोचेको नोक्सान गराउनेछ।

तुला राशि
शुक्रको वक्रीले तुला राशि हुनेहरुलाई विभिन्न प्रकारका तनाव दिने देखिन्छ। परिवारमा भएको कलहले नसोचेको रुपमा लिन सक्छ। प्रेमि-प्रेमिकासँगको सम्बन्धमा पनि दरार आउनेछ। कानुनी रुपमा पनि समस्या बढ्नछ। साथै यात्रा पनि प्रभावित हुन सक्ला। सवारी साधन चलाउँदा अलिबढी नै सावधानी आवश्यक रहला।

वृश्चिक राशि
शुक्रको वक्रीका कारण वृश्चिक राशि हुनेहरुको पराक्रममा ह्रास आउने देखिन्छ। कुनै पनि कम गर्ने जाँगर हुनेछैन। गरेका हरेक कार्य असफल हुँदा थप प्रयास गर्नबाट मन विचलित हुनेछ। दाजु-भाइ, दिदी-बहिनीहरुको सम्बन्ध बिग्रन सक्ला। अन्वाश्यक रुप्प्मा रिस उठ्नाले कार्यक्षेत्रमा ठूलै नकारात्मक प्रभाव पार्ने देखिन्छ।

धनु राशि
द्वितीय स्थानमा हुने शनिको वक्रीले धनु राशि हुनेहरुको आर्थिक जीवनमा सताउनेछ। आम्दानीका सबै बाटोहरु बन्द हुनेछन्। व्यवसायमा नसोचेको नोक्सान हुन सक्ला। आर्थिक अभावका समयमा आफन्तजनबाट आशा गरेजस्तो सहयोग नमिल्दा मानसिक तनाव बढ्नेछ। त्यस्तै शनिको वक्रीले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्नेछ। आँखा सम्बन्धि समस्या रहन सक्ला।

मकर राशि
शनिको वक्री पश्चात मकर राशि हुनेहरुलाई अनेक समस्याले सताउनेछन्। नजिकका आफन्त, प्रेमि-प्रेमिका, मित्रजनसँगको सम्बन्धमा ठूलो दरार आउनेछ। नसोची बोल्ने बानिले समस्यामा पार्न सक्ला। समस्यमा निर्णय गर्न नसक्दा बन्न लागेका कार्य समेत बिग्रनेछ्न्। कार्यक्षेत्रमा पनि विवाद हुने सम्भावना छ। सकेसम्म आर्थिक लेन-देन नगर्नुहोला।

कुम्भ राशि
शनिको वक्रीका कारण कुम्भ राशि हुनेहरुको आर्थिक पक्ष अलि बढी नै प्रभावित हुनेछ। लगानीको विषयलाई लिएर साझेदारी गरिएकाहरुसँग विवाद हुनेछ। रोजगारीको क्षेत्रमा पनि विवाद हुन सक्ला। कुनै पनि क्षेत्रमा लगानी गर्न शुभ हुने देखिँदैन। यात्राको अवसर मिलेपनि केहि प्रतिफल प्राप्त हुनेछैन। हाड-जोर्नी सम्बन्धि समस्याले सताउन सक्ला।

मीन राशि
शनिको वक्री एकादश स्थानमा हुँदा मीन राशि हुनेहरु आर्थिक समस्याबाट गुज्रन बाध्य हुनेछन्। गरिएका लगानी डुब्ने सम्भावना छ। नयाँ क्षेत्रमा सकेसम्म लगानी नगरेकै उचित होला। खर्चमा नियन्त्रण नहुँदा पछुताउनुपर्नेछ। बहुमुल्य समान हराउन सक्ने हुँदा सतर्क रहनु होला। त्यस्तौ टाढाको यात्रा गर्नको लागि पनि सहज हुने देखिँदैन। राज्यबाट कार्यस्थलमा अवरोध हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close