प्रमुख समाचार

नदी बगरमा ३ जोडीबीच सहमतिमा ‘शारीरिक सम्बन्ध’, ५ जना थपिँदा घटनाले लियो अर्कै मोड

प्रहरीले सा मूहिक ब लात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असोज ३० गते ३ जना युवतीलाई ब लात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका हुन्।

सिन्धुलीको कमलामाई–५ का ३ युवकले सुरुमा ३ जना युवतीलाई भेट्न बोलाएका थिए। लब्दाखोला नजिकै बगरमा अर्को गाउँका युवतीलाई भेट्न उनीहरुले बोलाएका थिए। बगरको झ्याङमा युवकहरू विवेक मगर, शिव मगर, हेम लामा र तीन युवतीबीच सहमतिमा शा रीरिक सम्बन्ध भएको थियो।

आर्थिक प्रलोभनपछि शा रीरिक स म्बन्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसन्धान अधिकारीले बताएका छन्। तर पछि तिनै ३ जना युवकले थप ५ जना युवकलाई त्यहाँ बोलाए। थपिएका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मीलन लामा र विश्व राईले ज बर्जस्ती गरेको युवतीहरूले प्रहरीलाई बताएका छन्।

विवेक, शिव र हेमले अन्य पाँच जनालाई फोन गरेर बोलाएको युवतीहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार ८ युवकले युवतीलाई बोलाएर ब लात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जानकारी पाएपछि तुरुन्तै विवेक, शिव र हेमलाई पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले आकाश, दीपक, अर्जुन, धनबहादुर, मिलन र विश्वलाई कात्तिक ५ गते बर्दिवासबाट महोत्तरीको गौशाला हुँदै भारत भा ग्न थालेको अवस्था पक्राउ गरेको एसपी थपलियाले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close