खेलकुद

विश्वकप क्रिकेट ईतिहासमा पहिलो पटक पाकिस्तानद्धारा भारत पराजीत

विश्वकप क्रिकेटको ईतिहासमा पहिलो पटक भारत पाकिस्तान सँग पराजीत भएको छ । दुबईमा जारी विश्वकपमा आज राति सम्पन्न खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जीत निकाल्यो ।

टस हारेर ब्याटिगं गरेको भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विना कुनै विकेटको क्षतिमा १३ बद बाँकी छँदै पुरा गर्यो । यसले भारत सर्मनाक पराजयको शिकार बन्यो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर अजामले भारतीय बलरलाई दबाबमा राख्दै उत्कृष्ट साझेदारी गरे । उनीहरुका सामु भारतीय बलरहरु निरीह साबित भए । उनीहरु ले एक सय ५२ रनको साझेदारी गरे ।

मोहम्मद रिजवानले ५५ बलमा ७८ रन जोडे । उनले तीन छक्का र ६ चौका प्रहार गरे । त्यसैगरी कप्तान बाबर आजमले ५२ बलमा ६८ रन जोडे । उनले २ छक्का र ६ चौका प्रहार गरे ।

भारतका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए । रिसभ पन्तले ३९ रन जोडेपछि भारतले मध्यम चुनौती पेश गर्न सफल भएको थियो । शुरुमै शुन्य रनमा ओपनर रोहित शर्मा आउट भए पछि भारत लगातार दबाबमा परेको थियो । मध्यमक्रमका ब्याटस्म्यानले सुधारेपछि भारतले ७ विकेटको क्षतिमा १५१ रन जोडेको थियो ।

पाकिस्तानका लागि उत्कृष्ट बलिगं गरेका शाहिन अफ्रीदीले पहिलो ओभरदेखि नै विकेट लिएर भारतको पारीलाई धक्का दिएका थिए । उनले चार ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

यस अघि विश्वकप क्रिकेटको ३३ वर्षे ईतिहासमा टी ट्वेन्टी फर्मेटमा भारत र पाकिस्तानबीच पाँच पटक आमने सामने हुँदा सबै खेल भारतले जितेको थियो ।

भारत र पाकिस्तानबीच कास्मीर मुद्धाका कारण क्रिकेट खेल समेत छाँया युद्धको रुपमा देखा पर्ने गरेको छ । यस्तोमा आज पाकिस्तानी टिमको जितले सो देशका नागरिक खुसीयाली बनाउन व्यस्त देखिएका छन् भने भारतीय नागरिकहरु असन्तुष्ट बनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close