प्रमुख समाचार

गुल्मीमा जिप खोलाले बगायो, खोजीकार्य जारी

गुल्मी: गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ। सोमबार बुटवलबाट गुल्मीको वामी तर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले जानकारी दिए। जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

जिप खोजी गर्नका लागी इलाका प्रहरी कार्यालय जोहाङको ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close