प्रमुख समाचार
धनगढीमा प्रेमीसंग मिलेर श्रीमानको ह’त्या, चार जना पक्राउ

कैलालीको धनगढीमा मृतक फेला परेका युवकको ह’त्या आरोपमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको ह’त्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो। घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।
कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो। घटना अनुसन्धानका क्रममा उनको ह’त्या भ’ए’को खुलेपछि प्रहरीले पत्नीसहितलार्य पक्राउ गरेको हो।
चौधरी शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका थिए। रातभर उनी घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले बताएका छन्। उनीहरुका तीन वर्षीय छोरा छन्। चौधरीको घाँ’टी थि’चेर ह’त्या ग’रे’को अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ।